Logo
Logo

शिवम् सिमेन्टद्वारा निर्माणकर्मीको जोखिम बिमा


819
Shares

काठमाडौं । शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका पाँच सयभन्दा बढी निर्माणकर्मीको जोखिम बिमा गरिदिएको छ । कम्पनीले पोखरासहित १० स्थानमा सम्पन्न निर्माणकर्मीसँगको निर्माणसम्बन्धी प्राविधिक अन्तक्र्रिया कार्यक्रममा परामर्श तथा उनीहरूको जोखिम वहन बिमा गरेको हो ।

कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथै हरेक सहभागी निर्माणकर्मीका लागि रु पाँच लाखबराबरको दुर्घटना बिमा गरी बिमा पोलिसी सोही कार्यक्रममा हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

स्याङ्जा, तनहँु, लमजुङ, गोरखा, बाग्लुङलगायतका जिल्लाका निर्माणकर्मीको उपस्थितिमा कार्यक्रम गरिएको जनाइएको छ । हालसम्म शिवम् सिमेन्टले विभिन्न चरणमा गरी १५ सयभन्दा बढी निर्माणकर्मीसँग अन्तक्र्रिया तथा उनीहरूको जोखिम बिमा सम्पन्न गरेको जनाएको छ ।
अन्तक्र्रिया कार्यक्रममा निर्माणकर्मीलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनोट प्रक्रिया, निर्माणकर्मीलाई दिनहँु आइपर्ने निर्माणसम्बन्धी समस्याहरूको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी जानकारी गराइएको कम्पनीले जनाएको छ ।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीले गर्नुपर्ने जोखिमपूर्ण कार्यलाई ध्यान दिँदै उनीहरूका लागि निःशुल्क दुर्घटना बिमा योजना ल्याएको शिवम् सिमेन्टले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्