Logo
Logo

इन्भेष्टमेण्ट बैंकको ३५औँ साधारणसभा, १६ प्रतिशत लाभांश वितरण गर्ने


945
Shares

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंक लिमिटेड (एनआईबीएल)को ३५ औं वार्षिक साधारणसभा २०७८ मंसिर १७ गते बैंकको केन्द्रीय कार्यालय दरबारमार्ग, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ । महामारीको स्थितिलाई मध्यनजर गर्दै साधारणसभा भर्चुअलरुपमा सम्पन्न गर्ने निर्णय गरिएको थियो ।

बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडको अध्यक्षतामा सम्पन्न साधारणसभामा आर्थिक वर्ष २०७७÷७८ मा बैंकका प्रमुख उपलब्धिहरू, भविष्यका योजना, कार्यसम्पादन लक्ष्य र रणनीतिका बारेमा छलफल भएको थियो । सञ्चालक समितिको बैठकले १६ प्रतिशत कुल लाभांश वितरण गरिने अध्यक्ष पाँडेले जानकारी दिनुभयो । जसमध्ये १२.६११ प्रतिशत लाभांश (बोनस सेयर) र बैंकको कुल चुक्ता पुँजीको ३.३८९ प्रतिशत नगद लाभांश प्रदान गरिने छ ।

यस वर्ष बैंकले रु ५.११ अर्ब रुपैयाँ सञ्चालन नाफा आर्जन गर्न सफल भएको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको खुद नाफा ३.५५ अर्ब रुपैयाँ पुगेको छ भने बैंकको कुल चुक्ता पुँजी १८.३० अर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७÷७८ मा बैंकको निक्षेप गत आर्थिक वर्षको कुल रु. १६८ अर्बबाट वृद्धि भइ १७९ अर्ब रुपैयाँ पुगेको छ । यसैगरी कुल लगानी अघिल्लो वर्षको रु. १४० अर्बबाट वृद्धि भइ रु. १६२ अर्ब रुपैयाँ पुगेको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकले ८८ शाखा, १३१ एटीएम, २० एक्सटेन्सन काउन्टरहरू, १० राजस्व संकलन काउन्टरहरू र ५८ शाखारहित बैंकिङ काउन्टरहरूमार्फत् आफ्ना ग्राहकहरूलाई सेवा पु¥याउँदै आएको छ । पाँच पटकसम्म फाइनान्सियल टाइम्सबाट ‘बैंक अफ द ईयर’ अवार्ड पाइसकेको बैंकले अन्तर्राष्ट्रिय प्रकाशन– युरोमनीबाट अनुकरणीय सेवा र व्यवसायका लागि ‘बेस्ट बैंक २०१८’ र ‘बेस्ट बैंक २०२१’ युरोमनी अवार्डबाट समेत पुरस्कृत भइसकेको छ । यसबाहेक, इक्रा नेपाल (अन्तर्राष्ट्रिय क्रेडिट रेटिङ एजेन्सी–नेपाल) ले बैंकलाई ‘ए’ वर्गको क्रेडिट रेटिङ दिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्