Logo
Logo

राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनको विकल्प छैन : ओली


1k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक गतिरोध अन्त्यका लागि ताजा जनादेशमा जानुपर्ने बताएका छन् । देशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि निर्वाचनको विकल्प नभएको उनले बताए ।

चितवनको सौराहामा सम्पन्न १०औँ महाधिवेशनबाट अध्यक्षमा पुनः निर्वाचित भएका ओलीले शुक्रबार पार्टी केन्द्रीय कार्यालयमा पुगेर पदबहाली गर्दै देशमा देखिएको राजनीतिक गतिरोध अन्त्य गर्न अब निर्वाचनको विकल्प नभएको निष्कर्ष सुनाए ।

फाइल फोटो

अदालतमा देखिएको अवस्था पाँचदलीय गठबन्धनको विसंगतिको प्रतिबिम्ब रहेको बताउँदै उनले गलत फैसला गराएर अदालतको हुर्मत लिने काम गठबन्धनले गरेको आरोप लगाए । सरकारले देशको महत्वपुर्ण समय बर्बाद बनाइरहेको भन्दै अध्यक्ष ओलीले २८ मंसिरमा बोलाएको संसद् बैठक चल्न नसक्ने चेतावनी दिएका छन् ।

‘सभामुखले एमालेले निष्कासन गरेका नेतालाई संरक्षण गर्ने, एमाले फुटाउन लाग्ने, यस्ता कार्यले सभामुख निष्पक्ष हुन सकेनन्’ ओलीले भने, ‘न्यायालय र संसदमा देखिएका समस्या समाधान गर्न सरकार लाग्नुपर्ने हो । तर, विपरीत दिशामा अघि बढेको छ । देशमा देखिएको राजनीतिक गतिरोध अन्त्यका लागि अब ताजा जनादेशमा जानुको बिकल्प छैन् ।’

यस्ता गतिविधिले देश चल्न नसक्ने भन्दै उनले अब ताजा जनादेशमा गएर देशलाई निकास दिनुपर्ने सुझाव सरकारलाई दिएका छन् । वर्तमान सरकारको छिटोभन्दा छिटो अन्त्य गर्नुपर्ने भन्दै उनले जनताले मुल्यांकन गरेर फैसला गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्