Logo
Logo

यी नौ देशबाट नेपाल आउन नपाइने


2.7k
Shares

काठमाडौं । सरकारले नौ देशबाट नेपाल आउने यात्रुलाई रोक लगाएको छ । बिहीबार बसेको मन्त्रीपरिषद बैठकले कारोनाभाइसको नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम बढेको भन्दै नौ देशबाट आउने यात्रुलाई रोक लगाएको हो ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्बे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रुहरुलाई नेपाल प्रवेशमा रोक लगाइएको छ ।

गृह मन्त्रालयले यसअघि नै दक्षिण अफ्रिकाबाट आउने यात्रुहरुलाई ुअनअराइभलु भिसा नदिन अध्यागमन विभागलाई निर्देशन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्