Logo
Logo

दाङमा एकीकृत समाजवादी पहिलो शक्ति बन्छ : हिराचन्द्र केसी


60.4k
Shares

दाङ । नेकपा (एकीकृत समाजावादी) दाङ क्षेत्र नं. ३ का सांसद हिराचन्द्र केसीले एकीकृत समाजवादी पार्टी दाङमा पहिलो शक्ति वन्ने बताएका छन् ।

पछिल्लो समय नेपालका अधिकाशं जिल्लालगायत दाङ जिल्लामा पनि एकीकृत समाजवादी पार्टीमा प्रवेश गर्नेको लहर चलेकाले आगामी निर्वाचनबाट पार्टी पहिलो शक्ति बन्ने निश्चित रहेको उनले बताए ।

शुक्रबार दाङको तुलसीपुरमा भएको पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत रहेका सांसद केसीले कम्युनिष्ट पार्टीहरुको नेतृत्व समेत एकीकृत समाजवादीले नै गर्ने बताए ।

एकीकृत समाजवादी पार्टीको जसरी एमालेवाट फुटेर वनेको पार्टी भन्ने हल्ला र केपी ओलीले एमालेवाट चोईटिएको सानो टुक्रा भनेजस्तो नभएर विद्रोह गरेपछि निर्माण भएको पार्टी रहेको उनले बताए ।

अहिले सुर्य चिन्ह पाएको केपी ओली कम्पनीले आगामी निर्वाचनमा के एजेन्डा लिएर चुनावमा जान्छ हेर्न वाँकी रहेको उनको भनाई रहेको छ ।

हिजो वहुमत दिनुस हामी ५ वर्ष नमुना सरकार निर्माण गरेर सुखी नेपाली समृद्ध नेपाल वनाउछौ भनेर मत मागेर बहुमत दिएका नेपालीहरुलाई अव पनि भोट दिनुस ३ वर्षमा संसद विघटन गर्छाैं भनेर भोट माग्दै निर्वाचनमा जान्छन् त केसीले प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्