Logo
Logo

प्रचण्ड चितवनमा, शिलान्यास र उद्घाटनमा व्यस्त


1.8k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवनमा पुगेका छन् । पछिल्लो समय गृहजिल्लामा प्रचण्डको आउजाउ बाक्लिएको छ ।

प्रचण्डले यसअघि ६ जना मन्त्री भरतपुरमा उतारेर विकास बहसको कार्यक्रम पनि गरेका थिए । शुक्रबार चितवन पुगेका प्रचण्डले शनिबार बिहानै सी बिच मोडलमा आधारित नारायणी नदी किनारमा पैदलमार्ग तथा अन्य पूर्वाधार निर्माणको शिलान्यास गरे ।

एमालेको दशौँ महाधिवेशनको उद्घाटन सत्र स्थलमा आयोजित शिलान्यास कार्यक्रममा प्रचण्डले एमाले नेता कार्यकर्ताले चितवनको विकास देख्नुका साथै यहाँको राजनितिक महत्व के हो भन्नु कुरा पनि स्थापित गरेर गएको बताए ।

‘देशभरीका जनताले चितवन, चितवनको विकास, नारायणी, यहाँको धार्मिक पर्यटकीय स्थल, सबै जल जंगलको स्थिति बुझेर जानु भनेको चितवनवासी र हामी जनप्रतिनिधिका लागि खुसीको कुरा हो, प्रचण्डले भने । एमालेको महाधिवेशन चितवनमा हुनुलाई आफूले नकरात्मक रुपमा नलिएको प्रचण्डको भनाई छ ।

प्रचण्डले यातायात व्यवस्था सेवा कार्यालय भरतपुरको सवारी दर्ता तथा सवारी चालक अनुमति पत्र (स्मार्ट लाइसेन्स)को नवीकरण सेवा शुभारम्भको पनि शनिबार उद्घाटन गरे । बागमती प्रदेशअन्तर्गतको यातायात सेवा कार्यालयले स्मार्ट लाइसेन्सको नविकरण गर्न पाउने अधिकार पाएलगत्तै सेवा सञ्चालन गरेको हो ।

त्यस्तै आज र भोली चितवनमा हुन लागेको प्रेस सेन्टर नेपालको चौथो राष्ट्रिय महाधिवेशनको प्रचण्डले उद्घाटन गर्दैछन् । उद्घाटनसँगै महाधिवेशनलाई प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्