Logo
Logo

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित, जहाज आकाशमै ‘होल्ड’


6.6k
Shares

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहानैदेखि बन्द भएको छ । बाक्लो हुस्सु लागेका कारण बिमानस्थलमा प्रभावित भएको हो ।

विमानस्थलका वरिष्ठ प्रहरी उपरीक्षक राजेशनाथ बास्तोलाका अनुसार काठमाडौंबाट बाहिर जाने र बाहिरबाट काठमाडौं आउने कुनै पनि जहाज उडान र अवतरण हुन सकेको छैन ।

विदेशबाट आएका जहाजहरु पनि आकाशमै केहीबेर ‘होल्ड’ गरिएको छ । विमानस्थ्ल नखुल्दा सयौं यात्रुहरु गन्तव्यतर्फ लाग्न नपाएर विमानस्थलमा अलपत्र परेका छन् ।

विमानस्थलमा ल्याण्ड हुनुपर्ने फ्लाई दुबईलाई भारतको लखनउ विमानस्थलमा डाइभर्ट गरिएको छ । नेपाल एयरलायन्स ९ बजेर ३० मिनेटमा दिल्लीका लागी उडेको छ । लामो समय आकाशमा होल्ड भएपछि अलजजिराको विमान ल्याण्ड गराएको हो ।

अवतरणमा समस्या कायमै रहेको छ । आन्तरिकतर्फ कुनै पनि विमान उडेका छैनन् भने विमानस्थलमा यात्रुको चाप बढेको छ ।

प्रतिक्रिया दिनुहोस्