Logo
Logo

विवेकशील साझा, सिटिजन्स फोरम र जनता दरबारबीच एकता


252
Shares

काठमाडौं । विवेकशील साझा, सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीबीच एकता भएको छ । ललितपुरमा शनिबार एकता घोषणा गरिएको हो ।

एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’ राखिएको छ । जसको नेतृत्व रविन्द्र मिश्रले गर्नेछन् । एकीकृत पार्टीको प्रमुख कार्यभार संगठन निर्माण र महाधिवेशन हुने बताइएको छ ।

पार्टीलाई बृहत्तर बनाउँदै लैजाने क्रममा पार्टीको नाम उपयुक्त समयमा परिवर्तन गर्न सकिने एकतापत्रमा उल्लेख छ । त्यस्तै, एकीकृत पार्टीको लोगो र चुनाव चिन्ह ‘तराजु’ हुने भनिएको छ । एकीकृत पार्टीको केन्द्रीय कार्यालय बखुण्डोल ललितपुरमा रहने उल्लेख छ ।

एकता पत्रमा एकीकृत पार्टीको केन्द्रीय समितिमा अनुसूची एकमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल ४५ जना नयाँ सदस्यहरू सामेल हुने भनिएको छ ।

एकीकृत पार्टीको केन्द्रीय कार्य सम्पादन समितिमा अनुसूची दुईमा उल्लेख भए अनुसार सिटिजन्स डिसकशन फोरम र राष्ट्रिय जनता दरबार पार्टीका कूल १० जना नयाँ सदस्यहरू सामेल हुने एकतापत्रमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्