Logo
Logo
राप्रपा अध्यक्ष पदको मतगणना

कमल थापाभन्दा राजेन्द्र लिङ्देन अगाडि


6.4k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को एकता महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि मतगणना जारी छ । नेतृत्वमा कमल थापा र राजेन्द्र लिङ्देन प्यानल बनाएर निर्वाचनमा होमिएका हुन् । २०७८ मंसिर १५ गते बुधवारदेखि सुरू भएको महाधिवेशनमा मंसिर १८ गते शनिबार दिउँसो सवा १२ बजेदेखि निर्वाचन सुरू भएको थियो ।

निर्वाचन समितिका सह सदस्य सचिव झनक प्याकुरेलका अनुसार ३९ सय १७ मत खसेको छ । ४३ सय ८० मतदाता रहेकोमा ५ सयभन्दा बढी अनुपस्थित भएका थिए ।

प्रदेशअनुसार प्रदेश १ बाट ७७६, प्रदेश २ बाट ५७३, बागमतीबाट ८९०, गण्डकीबाट ४०२, लुम्बिनीबाट ५९५, कर्णालीबाट ३०९, सुदूरपश्चिम प्रदेशबाट ३७२ मत खसेको उनले बताए । अध्यक्षमा मतपत्र तथा अन्य पदाधिकारी र केन्द्रीय सदस्यमा ८६ मेसिनबाट विद्युतीय मतदान भएको थियो ।

राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देनलाई जिताऔं अभियानका अनुसार, जम्मा १०५० मत गन्दा राजेन्द्र लिङ्देनले ५१७ मत पाएका छन् भने कमल थापाले ४३१ मत पाएका छन् । मतगणनाको सुरूमै राजेन्द्र लिङ्देनले कमल थापालाई ८६ मतले पछि पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्