Logo
Logo

पराजयपछि थापा पक्षको समीक्षा बैठक : ‘निर्मल निवासको चलखेल’ भएको निष्कर्ष


2k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को कमल थापा पक्षले राजेन्द्र लिङ्देनसँगको हारमा ‘निर्मल निवासको चलखेल’ भएको निष्कर्ष निकालेको छ ।

आइतबार बिहान निर्वाचनको परिणाम आएलगत्तै थापा पक्षको भेला यस्तो निष्कर्ष निकालेको हो । राजधानीको एक पाँचतारे होटलमा करिब २ घण्टा लामो चलेको बैठकमा चुनावी समीक्षा गर्दै आगामी रणनीतिका सन्दर्भमा समेत छलफल भएको भएको थियो ।

बैठकमा सहभागी एक नेताका अनुसार बैठकमा कमल थापाले निर्मल निवासको चलखेलका कारण अनपेक्षित रूपमा आफूले पराजय भोग्नुपरेको सुनाएका थिए । साथै, अन्य नेताहरुसमेत महाधिवेशनमा पूर्वराजा ज्ञानेन्द्र शाह हाबी भएकाले भनेजस्तो नतिजा नआएको निष्कर्षमा पुगेका थिए ।

तर, कमल थापा पक्षबाट महामन्त्रीमा निर्वाचित भुवन पाठकले चुनावपछि सामान्य भेटघाटमात्रै भएको दाबी गरेका छन् । उनले भने, ‘अनौपचारिक छलफल भएको हो । त्यस्तो उल्लेखनीय केही छलफल भएको थिए ।’

राप्रपाको निर्वाचनमा लिङ्देनसँग हारेसँगै आइतबार बिहान ट्विटरमार्फत कमल थापाले निर्मल निवासले नांगो हस्तक्षेप भएको टिप्पणी गरेका थिए ।

उनले लेखेका छन्, ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो । सो एजेण्डाको मूल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस् ।’

प्रतिक्रिया दिनुहोस्