Logo
Logo

सभापतिको टुंगो नलाग्दा पदाधिकारीका आकांक्षी अन्योलमा


1.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन सुरु हुन एक साताभन्दा कम समय बाँकी छ । महाधिवेशनमार्फत नेतृत्वमा पुग्न झन्डै दर्जन नेता आकांक्षी छन् ।

वर्तमान सभापति शेरबहादुर देउवा, नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्री शशांक कोइराला, पूर्वउपसभापति गोपालमान श्रेष्ठ, पूर्वमहामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला, नेता शेखर कोइराला र कल्याण गुरुङले शीर्ष नेतृत्वका लागि आकांक्षा व्यक्त गर्दै आएका छन् ।

उम्मेदवारी मनोनयनका लागि तोकिएको मंसिर २५ गतेसम्म सभापतिका आकांक्षीमध्ये मैदानमा कोको टिक्छन्, यकिन छैन । विगतको महाधिवेशनमा भन्दा १४औं महाधिवेशनमा सभापतिका प्रत्याशी धेरै हुने संकेत भने देखिएको छ ।

१३औं महाधिवेशनमै सभापतिको उम्मेदवार बनेका देउवा, पौडेल र सिटौला यसपटक पनि उम्मेदवार बन्ने बताउँदै आएका छन् । निधि,सिंह र शेखरले पनि मैदान नछाड्ने दाबी गर्दै आएका छन् भने युवा नेता गुरुङ एक्लै भोट माग्न सक्रिय छन् । देउवासहित संस्थापन र इतर पक्षबाट नेतृत्वका आकांक्षीलाई नेतृत्वमा टिक्न र पुग्न साझा उम्मेदवार खडा गर्न दुवैतिरका नेता तथा कार्यकर्ताले दबाब दिइरहेका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्