Logo
Logo

कांग्रेसको प्रदेश १ सभापतिमा उद्धव थापा बिजयी


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेस प्रदेश नम्बर १ को सभापतिमा उद्धव थापा निर्वाचित भएका छन् । सभापतिमा निर्वाचित थापाले ८४४ मत ल्याएका थिए ।

सभापतिका अर्का उम्मेदवार केन्द्रीय सदस्य गुरूराज घिमिरे २ मतअन्तरले पराजित भएका हुन् । घिमिरले ८४२ मत ल्याएका थिए । सभापतिसहित अधिकांश पदमा देउवा/सिटौला पक्षले जितेको छ । उपसभापतिमा रमेशजंग रायमाझी र टंकप्रसाद राई निर्वाचित भएका छन् ।

त्यस्तै महामन्त्रीमा भूपेन्द्र राई र उमेश थापा निर्वाचित भए । सहमहामन्त्रीमा प्रमिला गच्छदार, खङ्ग फागो र बिनोदकुमार बस्नेत निर्वाचित भएका छन् । जम्मा एक हजार ७ सय ५२ मत खसेको थियो ।

यसैबीच सभापतिका उम्मेदवार घिमिरे पक्षले फेरि मतगणनाको माग गरेका छन् । पुनः मतगणना माग भएकोले निर्वाचन समितिले औपचारिक घोषणा भने गर्न बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्