Logo
Logo

एनआइबिएल सहभागिता फण्डको इकाई अब अनलाइनबाटै बिक्री गर्न सकिने


378
Shares

काठमाडौं । एनआइबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्डको इकाई अनलाइनबाटै बिक्री गर्न सकिने भएको छ । यस योजनाका इकाई धनीहरुले मंसिर १९ गतेबाट विभिन्न विद्युतीय प्रणालीमार्फत उक्त इकाई खरिद मात्र होइन, बिक्री पनि गर्न सक्ने भएका हुन् ।

यसअघि योजनाका स्वचालित विद्युतीय (अनलाइन) कारोबार प्रणालीमार्फत खरिद तथा अन्य विभिन्न अनलाइन सुविधाहरुको व्यवस्थामात्रै थियो । योजनाको कारोबारलाई थप प्रभावकारी तथा सहज बनाउन र योजनाको पहुँचलाई इन्टरनेटको माध्यमद्वारा लगानीकर्तामाझ सहजै उपलब्ध गराउने उद्देश्यका योजना व्यवस्थापकले आवश्यक पूर्वाधार निर्माण गरेको हो ।

एनआइबिएल सहभागिता फण्ड खुलामुखी योजना हो । जुन नेपाल इन्भेष्टमेन्ट बैंक कोष प्रबद्र्धक तथा एनआइबिएल एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक तथा डिपोजिटरी रहेको एनआइबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित छ ।

प्रतिक्रिया दिनुहोस्