Logo
Logo
माओवादीको राष्ट्रिय सम्मेलन

प्रचण्ड आजदेखि दस्तावेज लेख्न एकान्तवासमा


7.4k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आजदेखि केही दिन एकान्तवासमा रहने भएका छन् । प्रचण्ड पार्टीकोे राष्ट्रिय सम्मेलनमा प्रस्तुत गर्ने दस्तावेज तयार पार्नका लागि एकान्तबासमा रहने भएका हुन् ।

प्रचण्ड दस्तावेज तयार पार्नका लागि काठमाडौं उपत्यका नजिकै जान लागेका छन् । खुमलटार स्रोतका अनुसार भीडभाडले दस्तावेज तयार पार्नका लागि अधुरै रहने भन्दै प्रचण्ड काठमाडौं उपत्यका नजिकै जान लागेका हुन् ।

प्रचण्ड दस्तावेज तयार पार्न, अध्ययन गर्न र आराम गर्न अरुबेला हात्तीवन रिसोर्ट, सिन्धुपाल्चोकको सुकुने जाने गरेका छन् । यसपटक भने कहाँ जाने भन्नेबारे खुलाइएको छैन ।

सचिवालय स्रोताक अुनसार खुमलटार निवासमा नेता कार्यकर्ताहरूको भीडभाड हुने भएका कारण प्रचण्ड पार्टीको राष्ट्रिय सम्मलनको बारेमा तयारी गर्न अबका दुई दिन अध्ययनमा व्यस्त रहनेछन् । माओवादी केन्द्रले पुस ११ देखि १३ गतेसम्म काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्