Logo
Logo

नेपालमा दुईजनामा ओमिक्रोन: मास्क प्रयोग गर्न र भिडमा नजान विज्ञको सुझाव


1.3k
Shares

काठमाडौं । नेपालमा दुईजनामा कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी गत मंसिर ७ गते परीक्षण गरिएका ६६ वर्षीय अफ्रिकी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीय एक व्यक्तिमा यो भेरिएन्टको संक्रमण पुष्टि गरेको हो । कोरोनाको मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरू दुवैको नमुना लिई राष्ट्रिय प्रयोगशाला टेकुमा जिन सिक्वेन्सिङ गर्दा कोभिड १९ को नयाँ भेरिएन्ट ओमिक्रोन पुष्टि भएको हो ।

अफ्रिकन नागरिक हवाई नाका हुँदै नेपाल प्रवेश गरेका थिए । प्रवेशका क्रममा उनको पिसिआर रिपोर्ट नेगेटिभ र पूरा डोज खोप लगाएको पाइएको थियो । उनीहरू दुवैलाई आइसोलेसनमा राखी उपचार गरिएको छ भने कुनै पनि गम्भीर समस्या नरहेको मन्त्रालयले जनाएको छ ।

नीहरूको सम्पर्कमा आएका व्यक्तिको
कन्ट्याक्ट टेसिङ गरिएकोमा सम्पर्कमा आएका ६६ जनाको पिसिआर परीक्षण गरिएको र सबैको रिपोर्ट नेगेटिभ आएको मन्त्रालयका प्रवक्ता समिरकुमार अधिकारीले बताए ।

३५ देशमा फैलिसकेको यो भेरिएन्ट विश्वभरिमा ५ सय ७४ जनामा पुष्टि भइसकेको छ।ओमिक्रोन पहिलो पटक यही नोभेम्बर २४ मा अफ्रिकामा पुष्टि भएको थियो । विश्व स्वास्थ्य संगठनले यो भेरिएन्टबाट दक्षिण एसिया बढी प्रभावित हुने आकलन गरेको छ ।

यो भाइरसको थप संक्रमण र प्रभावबाट आम नागरिकलाई बचाउन सरकारले उच्च सतर्कता अपनाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हवाईनाका तथा स्थलगत नाकामा परीक्षण, यात्रुको आवतजावतलाई व्यवस्थित गर्ने, शंकास्पद यात्रुको एन्टिजेन परीक्षण गर्ने, शंकास्पद नमुनाको जिन सिक्वेन्सिङ गर्नेलगायतको काम भइरहेको छ ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्