Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

सभापतिको उम्मेदवार छान्न पौडेल पक्षको आज बैठक


819
Shares

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आज पनि बैठक राखेका छन् । पूर्वमहामन्त्री सिंह निवास ठमेलस्थित चाक्सीबारीमा आज दिउँसो १ बजेका लागि केन्द्रीय सदस्यहरूलाई बोलाइएको हो ।

पौडेलले आफ्नो समूहबाट सभापतिमा एक जना मात्रै उम्मेदवार तय आज छलफल गर्ने भएका छन् ।

यसअघि सोमबार साँझ पौडेल निवास बोहराटारमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइरालाबीच छलफल गरेका थिए ।

उनीहरुबीचको छलफलमा दुई दिनभित्र सभापतिको उम्मेदवार तय गर्ने समझदारी बनेको थियो । सोही समझदारीअनुसार आफूनिकट केन्द्रीय सदस्यहरूसँग सुझाव लिन आज पौडेलले बैठक राखेका हुन् ।

सभापतिमा पौडेलसहित शशांक, प्रकाशमान र शेखर आकांक्षी छन् । प्रकाशमानले त आजदेखि सम्पर्क कार्यालय नै खोलेर नेता तथा कार्यकर्तासँग भेटघाट गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस्