Logo
Logo

कमल थापा पराजित हुँदा केपी ओली दुःखी !


9.5k
Shares

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् । तर, उनी पराजित भए । यसमा उनलाई ठूलो विस्मात् परेको छ ।

राप्रपाले बोकेको हिन्दू राज्यको एजेण्डालाई उनीहरुले जसरी नै सर्लक्क बोक्न नसके पनि त्यो कित्ताको जनमत आकर्षित गर्ने ओलीको प्रयास जारी थियो । यसका निम्ति उनले कमल थापामार्फत हावी हुन चाहेका थिए । कमल थापाले पनि महाधिवेशनको उद्घाटनमै पुगेर ओलीको प्रशंसा गरेका थिए ।

यसरी कमल थापाले आफ्नोभन्दा ओलीको बढी रक्षा गर्ने भएपछि महाधिवेशनमा उनलाई हराइदिएका छन् । यदि राजेन्द्र लिङ्देनसहित राप्रपाको नवनिर्वाचित नेतृत्वले एमालेसँग सहकार्यको हात बढाएन र उनीहरु पाँच दलीय गठबन्धनसँग नजिक भए भने केपी ओलीको आफ्नै चुनावी परिणाम पनि धरापमा पर्छ ।

कमल थापाद्वारा एमाले पठाइएकी गायिका कोमल वलीलाई केपी ओलीले विधान विपरित एमालेको केन्द्रीय सदस्य बनाइसकेका छन् । अर्थात्, कमल थापालाई पार्नुपर्ने जति खुशी पारेर अगाडि बढेका ओली उनको पराजयबाट दुःखी छन् ।

पुस ५ गते संसद् विघटन गरेर ओलीले वर्तमान संविधान ध्वस्त बनाउन खोजेका थिए । तर, सर्वोच्च अदालतको आदेशले संसद् पुनःस्थापना भएपछि ओलीको सपना तुहिएको थियो ।

प्रतिक्रिया दिनुहोस्