काठमाडौं । कुमारी बैंक लिमिटेडले ग्राहक महानुभावहरुलाई दिनानुदिनरुपमा आवश्यक भइरहने खर्च व्यवस्थापनमा मद्दत पु¥याउने हेतुले गत वर्षदेखि फोनलोन सुविधा सञ्चालनमा ल्याएको थियो । यस छोटो अवधिको फोनलोन कर्जामा थप सुविधा दिनका लागी कुमारी बैंकले नेपालमै पहिलोपटक एफवान सफ्ट इन्टरनेशनल प्रालिसँगको सहकार्यमा ईएमआइमा फोनलोन भुक्तानी गर्न सकिने व्यवस्था सञ्चालनमा ल्याएको छ ।
आफ्ना सेवाहरुलाई डिजिटल मैत्री बनाउँदै आफ्ना ग्राहकहरुलाई सरल र सहज सेवा प्रदान गर्ने उद्देश्यले बैंकले उक्त फोनलोन ईएमआइ सुविधा संचालनमा ल्याएको होे ।
कुमारी बैंकमा विभिन्न तलब खाता भएका ग्राहकहरुले न्यूनतम रु. १ हजारदेखि अधिकतम रु. २ लाखसम्म कुमारी स्मार्ट मोबाइल बंैकिङबाट कुनै धितो वा कागजी प्रक्रियाबिना नै फोनलोन सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । उक्त कर्जा आयश्रोतको आधारमा ग्राहकले १, ३, ६, ९ र १२ महिनामध्ये कुनै एक अवधि छनोट गरी भुक्तानी गर्न सक्नेछन् ।
सोही सन्दर्भमा सानातिना व्यक्तिगत आकस्मिक खर्चहरू पूर्ति गर्न कुमारी बैंकमा तलब खाता भएका ग्राहकवर्गलाई सहज हुने धारणा बैंकका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनालले व्यक्त गरे ।
यसका अतिरिक्त उक्त योजनाअन्तर्गत फोनपे नेटवर्कमा आबद्ध विभिन्न मर्चेन्ट आउटलेटमा उपभोग्य वस्तु खरिद गर्दा तथा सेवासुविधा उपभोग गर्दा क्यूआर स्क्यान गरी सोको बाइ नाउ, पे लेटर अवधारणामा किस्ताबन्दीमा भुक्तानी गर्न सकिनेछ । यस प्रविधिले क्यूआर भुक्तानीमा नयाँ आयाम थप्ने तथा बिदेशमा जस्तै नेपालमा पनि बीएनपिएल लोकप्रिय हुनसक्ने धारणा एफ वान सफ्ट इन्टरनेशनल प्राइभेट लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुवास शर्माले व्यक्त गरे ।
आगामी दिनमा फोनेलोअनलाई अझ विस्तारित र विकसित गर्दै लगिने बैंकले जनाएको छ । देशव्यापी १९६ शाखा सञ्जाल, १७७ एटिएम, ३६ शाखारहित बैंकिङ इकाई तथा १४ एक्सटेन्सन काउन्टरमार्फत अत्याधुनिक वित्तीय सेवासुविधा दिँदै आएको बैंकले आगामी दिनमा पनि अझ प्रभावकारी तथा ग्राहकमुखी सेवा विस्तार गर्दै जाने प्रतिबद्धता जनाएको छ ।