Logo
Logo

लिङ्देनले बोलाइको बैठकमा थापा नजाने


3k
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा को निर्वाचित कार्यसमितिको पहिलो बैठक आज पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भएको छ । अहिले साढे १२ बजे नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचित कार्यसमितिको बैठक बोलाएका छन् ।

लिङ्देनले बोलाएको बैठकमा निवर्तमान थापा भने नजाने उनीनिकट निर्वाचित केन्द्रीय सदस्य राजाराम बर्तौलाले बताए ।

पूर्वराजा ज्ञानेन्द्र र निर्मल निवास सचिवालयले आफूलाई हराएको आरोप लगाइरहेका थापा बैठकमा नजाने कारणबारे स्पष्ट कारण खुलेको छैन। सो बैठकमा राप्रपाका निवर्तमान अध्यक्ष पशुपतिशमशेर जबरा, डा. प्रकाशचन्द्र लोहनी समेत डाकिएको छ ।

प्रतिक्रिया दिनुहोस्