Logo
Logo

कौडा खेलिरहेको अवस्थामा १६ जना पक्राउ


1.2k
Shares

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ बिजेश्वरीस्थित रिट्रिट अपार्टमेन्टको तेस्रो तलामा कौडा खेलिरहेको अवस्थामा काठमाडौं कालिमाटी बस्ने भोजपुर अरुण गाउँपालिका–१ घर भएकी ३१ वर्षीया बिनिता परियारलगायत १६ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त अपार्टमेन्टमा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १६ लाख ९० हजार ५ सय रुपैयाँ र १६ थान कौडा सहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्