Logo
Logo

छुट्टाछुट्टै दुर्घटनामा ४ जनाको मृत्यु


315
Shares

काठमाडौं । सुनसरी, कोशी गाउँपालिका–२ स्थित सडकमा को.३६ प ४०२७ नम्बरको मोटरसाइकललाई को.२ त ९९६७ नम्बरको ट्याक्टरले मंगलबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ४० वर्षीय मनोज यादवको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल ईनरुवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सर्लाही, मलंगवा नगरपालिका–१२ गमहरियास्थित सडकमा ना.६ ख १९२७ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ बस्ने ३८ वर्षीय श्याम नन्दन रायको मंगलबार राति मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल मलंगवामा उपचारको क्रममा मृत्यु भएको हो । साथै सोही बसको ठक्करबाट घाइते भएका पैदलयात्री मलंगवा नगरपालिका–१२ बस्ने ४५ वर्षीय राम उगर रायको मलंगवास्थित ओम अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
सोही बिषयलाई लिएर स्थानीयले ढुंगामुढा गरी बसको सिसा फुटाउनुका साथै बस चालक समेतलाई कुटपिट गर्दा घाइते भएका छन् । सामान्य घाइते भएका बस चालकको प्रहरीको निग्रानीमा जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

पाल्पा, निस्दी गाउँपालिका–७ पार्सीङ चोकस्थित सडकमा रोकी राखेको प्र.२–०३–००१ ख ४६६९ नम्बरको टिपर पछाडी गुड्न गई च्यापिँदा टिपरका चालक नवलपरासी सुनवल बस्ने ४५ वर्षीय तुफानी कुँवर योगीको मंगलबार राति मृत्यु भएको छ ।

उक्त टिपर पछाडि गुड्दा सोही दिशातर्फ आउँदै गरेको ग.२ ख ३६१ नम्बरको टिपरमा च्यापिएर योगीको घटनास्थलमै मृत्यु भएको हो । ग.२ ख ३६१ नम्बरको टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

उदयपुर, त्रियुगा नगरपालिका–११ पिजि चोकस्थित सडकमा प्र.१–०५–००१ प ३५९२ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–११ प्रगति टोल बस्ने ४६ वर्षीय कर्ण सुन्दासको मंगलबार राति मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल हुँदै न्यूरो अस्पताल विराटनगरमा थप उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्