Logo
Logo

‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा धरान तताउँदै जाँदै रविन तामाङ


1.1k
Shares

काठमाडौं । चर्चित रक ब्याण्ड रबिन एण्ड द न्यु रेभुलेसनले आगामी पुस ३ गते शनिबार धरानमा आयोजना हुने ‘टुबोर्ग मेगा लाइभ कन्सर्ट’मा आफ्नो प्रस्तुति दिने भएको छ ।

रबिन एण्ड द न्यु रेभुलेसन ब्याण्डका मुख्य गायक रबिन तामाङ अहिले ‘रियालिटी शो ब्याण्ड च्याम्पियन नेपाल’को शुटिंगमा व्यस्त छन् । विभिन्न नेपाली चलचित्रमा अभिनय समेत गरेको तामाङको केटा–केटी, दम मरो दम, चिसोचिसो हावामा, आधुनिक आँगनमा, म मौनतामा, भेटे मैले शिबाजी, जति माया लाएपानी लगायतका गीतहरु चर्चित छन् ।

चार बर्षअघि न्यु यर ईभ कन्सर्टमा धरान आएका गायक तामाङ धरानका दर्शकको माया हरेक पटकको कन्सर्टमा बढिरहेको बताउंदै उनी भन्छन्, ‘लामो समयपछि मेगा कन्सर्ट त्यो पनि धरानमा आउन पाउँदा एकदमै खुशी छु ।’

टुबोर्गको प्रस्तुति तथा सिल्भर इन्टरटेनमेन्टको आयोजनामा धरानको पब्लिक हाईस्कुलको मैदानमा आयोजना हुनेछ । कन्सर्टमा रबिन एण्ड द न्यु रेभुलेसन सँगै धरानको दुई स्थानीय प्रतिभाहरु हिना मल्ल बराइली र दिपिका बस्नेतको समेत प्रस्तुति रहने बताइएको छ । हिना मल्ल बराइली पहिलो नेपाल आइडलको टपटेन पुगेर चर्चामा आएकी गायिका हुन् भने दिपिका बस्नेत पनि नेपाल स्टारकी प्रतियोगी हुन् ।

कोभिडको कारणले दुई बर्षदेखि कुनै पनि ठुलो कन्सर्ट नभएको धरानमा यो पहिलो कन्सर्ट हो । कार्यक्रम स्थलमा प्रवेशको लागि मास्क र सेनिटाईजर अनिवार्य गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्