Logo
Logo

नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढेको छ : मन्त्री झाँक्री


819
Shares

काठमाडौं । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले सरोकारवाला पक्षको सुझाव समेटेर नयाँ सार्वजिनक खरिद ऐन ल्याउने तयारी अघि बढाइएको बताएकी छन् ।

१४औं राष्ट्रिय निर्माण दिवसको अवसरमा नेपाल निर्माण व्यवसायी महासङ्घले आयोजना गरेको कार्यक्रममा उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन पनि निर्माण उद्योग सशक्त हुनु जरुरी रहेको बताइन् ।

समाज र सिङ्गो मुलुकले निर्माण व्यवसायीलाई इज्जत दिनु जरुरी रहेको उनको भनाइ छ । निर्माण कम्पनीलाई गाभेर सार्वजनिक कम्पनीमा लैजान उनले आग्रह गरिन् ।

उनका अनुसार व्यवसायीलाई पनि आफ्नो क्षमता अभिवृद्धि गर्न र कामदारमैत्री बन्न आवश्यक छ । उनले भनिन्, ‘निर्माण उद्योगमा क्रियाशील श्रमिकको हकहितलाई प्राथमिकतामा राख्नुपर्छ ।’

निर्माण उद्योगलाई व्यवस्थित तथा मर्यादित बनाउन नियमावली मात्रै नभएर ऐनमै संशोधन आवश्यक भएको मन्त्री झाँक्रीले बताइन् । निर्माण व्यवसायी मैत्री कानून आवश्यक भएको उनको भनाइ छ । निर्माण उद्योगमा योजना छनोटदेखि कार्यान्वयन चरणसम्म समस्या रहेकाले कानुन संशोधन अपरिहार्य भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस्