Logo
Logo

सातै प्रदेशमा टीभीएस राइडर सप्तरंग–३ हुने


504
Shares

काठमाडौं । गृष्मा ब्रोडकास्टिङको आयोजनामा सातै प्रदेशमा ‘टीभीएस राइडर सप्तरंग–३’ हुने भएको छ ।

सातै प्रदेशमा रहेका जनतालाई, जनताद्वारा, जनताको निम्ति भन्ने भनाइलाई जनमानसमा कलामार्फत प्रतिबिम्ब गराउनु सप्तरंगको मूल लक्ष्य रहेको आयोजकले गृष्मा ब्रोडकास्टिङले जानकारी दिएको छ ।

मङ्सिर २४ गतेदेखि काँकडभिट्टाबाट शुरू हुने कार्यक्रम पुस ९ गते पोखरामा समापन हुने आयोजकले जानकारी दिएको छ । मङ्सिर २६ मा जनकपुर, २८ मा चितवन, पुस १ मा नेपालगञ्ज, ३ मा सुर्खेत, ५ मा धनगढी र पुस ९ मा पोखरामा कार्यक्रम हुनेछ ।

सप्तरंग–३ मा अभिनेता राजेश हमाल, गायक बद्री पङ्गेनी, प्रमोद खरेल, रामकृष्ण ढकाल, अनिल सिंह, हास्य कलाकार सन्दीप छेत्री, राजा राजेन्द्र पोखरेल, गायिका मिलन नेवार र अस्मिता अधिकारी तथा मोडेल उषा उप्रेती लगायत कलाकारहरू सहभागी हुनेछन् ।

दोश्रो संस्करण प्रायोजन गरेको टीभीएसले तेस्रो संस्करणमा पनि निरन्तरता दिएको हो । टीभीएस यो पटक पनि मुख्य प्रायोजक बनेको छ । यो पटक टीभीएसले आफ्नो नयाँ बाइक टीभीएस राइडर साथ लिएर प्रचार गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्