Logo
Logo

सिभिल बैंकका अध्यक्ष पाण्डेले लिए शपथ


1.5k
Shares

काठमाडौं । सिभिल बैंक अध्यक्ष प्रतापजंग पाण्डेले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् । उनले आज यही मंसिर २० गते नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीबाट अर्को कार्यकालका लागि अध्यक्ष पदको शपथ लिएका हुन् ।

बैंकको सञ्चालक समितिको ३६२ औं बैठकले पाण्डेलाई अर्को कार्यकालका लागि पुनः अध्यक्ष नियुक्त गरेको थियो । शपथ ग्रहणपछि अध्यक्ष पाण्डले बैंकलाई थप प्रभावकारी रुपमा अगाडि बढाउन सबै पक्षको सहयोगको अपेक्षा गर्दै प्रचलित कानुन तथा नेपाल राष्ट्र बैंकले जारी गरेको निर्देशनहरुको पालना गर्दै संस्थागत शु–शासनलाई पहिलो प्राथमिकतामा राखी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यस्तै उनले बैंक मर्जर गर्न वा सबै पक्षको हित हुने गरी सम्मानजनक मर्जरको लागि खुला रहेको समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्