Logo
Logo

वचत फिर्ता गर्ने दायित्व मेरो होइन : इच्छाराज तामाङ


9.1k
Shares

काठमाडौं । सिभिल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष इच्छाराज तामाङले वचतकर्ताले वचत गरेको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभएको वयान दिएका छन् ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लिएको बयानमा तामाङले सहकारीले वचतकर्तालाई सात अर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने स्वीकार गरे पनि उक्त रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई संस्थाको भएको वयान दिएका हुन् ।

वयानका क्रममा तामाङले भने– ‘२०७२ सालको विनाशकारी भूकम्पको कारण कम्पनीहरुले निर्माण गरेका अपार्टमेन्टहरुमा ठूलो क्षति पुगेकाले पुनः निर्माण गर्न समय लागेकाले ठूलो नोक्सानी व्यहोर्नुपर्यो । कोरोना महामारीको कारण घर तथा अपार्टमेन्ट बिक्री वितरणमा कमी आएकाले साँवा रकम चुक्ता गर्न नसकेको हो । यसमा कुनै बदनियत छैन । रकम फिर्ता गर्ने दायित्व मेरो व्यक्तिगत कुरा होइन यो संस्थाको दायित्व हो ।’

सिभिल वचत तथा ऋण सहकारी संस्थाको सात अर्ब रुपैयाँ अध्यक्ष तथामाले डुबाएको भन्दै वचतकर्ताको उजुरीका आधारमा तामाङसहित १३ जनालाई प्रहरीले असोज १८ गते पक्राउ गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्