Logo
Logo

अन्तर्राष्ट्रिय उडानमा ६ लाखको कोभिड बिमा अनिवार्य


0
Shares

काठमाडौँ । नागरिक उड्डयन प्राधिकरणले नेपालमा अन्तर्राष्ट्रिय उडानका लागि सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गर्न सर्कुलर जारी गरेको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमण नियन्त्रण गर्न अन्तर्राष्ट्रिय उडानका लागि सबै वायुसेवालाई यात्रु बिमा अनिवार्य गरिएको हो ।

प्राधिकरणको उडान अनुमति शाखाका उपप्रबन्धक ज्ञानेन्द्र भुलका अनुसार अन्तर्राष्ट्रिय उडान गर्ने नेपाली तथा विदेशी वायुसेवाले ७ दिनभित्र यात्रुको प्रतिव्यक्ति ५ हजार डलरको यात्रा बिमा गर्न सर्कुलर जारी गरेको हो ।

नेपालमा अन्तर्राष्ट्रिय उडान गर्न दुई नेपाली र १८ विदेशीसहित २० वायुसेवाले अनुमति लिएका छन् । उनीहरुलाई प्राधिकरणले नेपालकै कम्पनीबाट यात्रुको कोभिड बिमा गर्न आदेश दिएको छ ।

यो बिमाले यदि कुनै उडानमा नेपाल आएका वा जाँदै गरेका यात्रुमा कोभिड देखिएमा १४ दिनको होटल क्वारेन्टाइन तथा अस्पताल भर्ना हुनुपर्ने अवस्था आइपरेमा उपचार खर्च पनि ब्यहोर्ने छ ।

प्रतिक्रिया दिनुहोस्