Logo
Logo

हेलिकोप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुखको मृत्यु


12.5k
Shares

काठमाडौं । बुधबार एउटा सैन्य हेलिकाेप्टर दुर्घटना हुँदा भारतीय रक्षा प्रमुख (चिफ अफ डिफेन्स स्टाफ) विपिन रावतकाे मृत्यु भएकाे छ ।

बुधबार तमिलनाडूमा सैनिक हेलिकोप्टर दुर्घटना भएको थियो । सो हेलिकोप्टर १४ जना सवार थिए । दुर्घटनामा रावत, उनकी पत्नीसहित १३ जनाको मृत्यु भएको छ । रावत भारतकै पहिलो ‘चिफ अफ डिफेन्स’ हुन् । हेलिकप्टरका पाइलट भने घाइते भएका छन् । उनको उपचार भइरहेको जनाइएको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले जनरल बिपिन रावतको निधनमा दुःख व्यक्त गरेका छन् । उनले ट्वीटरमा लेखेका छन्, ‘मलाई तमिलनाडुमा भएको हेलिकोप्टर दुर्घटनाप्रति धेरै दुःख लागेको छ जसमा जनरल बिपिन रावत, उनकी पत्नी र सशस्त्र बलका अन्य जवानलाई गुमाउनु परेको छ । उहाँले पूरा लगनका साथ भारतको सेवा गर्नुभएको छ । मृतकका परिवारजनप्रति मेरो समवेदना छ ।’

भारतीय वायुसेनाका अनुसार एमआई-१७ भी ५ हेलिकोप्टर दुर्घटना भएको हो । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बुधबार दिउँसो नै विपिन रावतको घरमा पुगेर उनका परिवारजनसँग भेट गरेका थिए ।

जनरल रावत १ जनवरी २०२० मा देशको पहिलो चिफ अफ डिफेन्स नियुक्त भएका थिए ।

प्रतिक्रिया दिनुहोस्