Logo
Logo

संस्थापनमा पनि अप्ठेरो


3.7k
Shares

काठमाडौं । संस्थापन पक्षबाट शेरबहादुर देउवा सभापतिको प्रत्याशी बन्ने निश्चित भए पनि अझै पदाधिकारीको टुंगो लाग्न सकेको छैन ।पदाधिकारीका आकांक्षी धेरै हुँदा देउवालाई उम्मेदवार टुंगो लगाउन समस्या भएको हो  ।

पहिलो चरणमै निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न नेता कृष्णप्रसाद सिटौलासहित पक्षलाई आफ्नो टिममा समेटेर अघि बढ्ने देउवा रणनीति छ ।

सिटौलासहित कांग्रेसका संस्थापन इतरका विभिन्न नेतासँग छलफल जारी राखे पनि निकट आकांक्षीहरू नै धेरै छन्। दुई उपसभापतिमा देउवा पक्षबाट उपसभापति विजयकुमार गच्छदार र महामन्त्री पूर्णबहादुर खड्का आकांक्षी छन् ।

तर देउवा सिटौला वा संस्थापन इतर समूहका नेताहरूलाई आफ्नो पक्षमा पार्ने रणनीतिमा छन् । त्यसो हुँदा निकटहरूको व्यवस्थापनमा देउवालाई समस्या पर्नेछ । त्यस्तै दुई महामन्त्रीमा आधा दर्जन नेताले आकांक्षा राख्दै आएका छन् ।

सहमहामन्त्री प्रकाशशरण महत, नेताहरू बालकृष्ण खाँण, ज्ञानेन्द्रबहादुर कार्की, एनपी साउद र विश्वप्रकाश शर्मा छन् ।

उनीहरूमध्ये एकलाई खसआर्य समूहको सहमहामन्त्रीको उम्मेदवार बनाएर मिलाउन सकिने बताइए पनि सुरेन्द्र पाण्डे,गोविन्द भट्टराई, किशोरसिंह राठोरसहितले आकांक्षा राख्दै आएका छन् ।

समावेशी सहमहामन्त्रीमा पनि धेरै आकांक्षी छन् । महालक्ष्मी उपाध्यायसहितका कतिपय नेताले पदाधिकारीबाहेक अन्य पदको उम्मेदवार नहुने बुधबारको बैठकमा बताएका छन् ।, यो समाचार नागरिक दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्