Logo
Logo

च्याम्पियन्स लिगबाट बार्सिलोना आउट


1k
Shares

काठमाडौं । च्याम्पियन्स लिग बार्सिलोना आउट भएको छ । पाँच पटकको युरोपियन च्याम्पियन बार्सिलोना बायर्न म्युनिखसँग पराजित हुँदै १७ वर्षमा पहिलोपटक च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गर्न असफल भएको हो ।

सन् २००३/०४ सिजनमा प्रतियोगितामा छनोट हुन असफल भए यता बार्सिलोना लगातार अन्तिम १६ मा छनोट हुँदै आएको थियो । नकआउट चरणमा प्रवेश गर्न बार्सिलोनाले बेनफिकाको नतिजालाई बराबरी गर्नुपर्ने थियो । तर, उता पोर्चुगिज टोलीले भने डाइनामो किएभलाई आफ्नो घरेलु मैदानमा २-० ले हराएका थियो ।

योसँग ज्याभीको टोली तेस्रो हुँदै युरोपा लिगको नकआउट राउन्ड प्लेअफमा पुगेको हो । खेलको ३४ औँ मिनेटमा थोमस मुलरले बायर्न म्युनिखलाई अग्रता दिलाए भने पहिलो हाफ सकिन लाग्दा लिरोय सानेले अग्रता दोब्बर बनाए । दोस्रो हाफमा जमाल मुसिआलाले तेस्रो गोल गर्दै बायर्नको शतप्रतिशत नतिजा कायम गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्