Logo
Logo

कस्तो रहला आज दिनभरीको मौसम ?


945
Shares

काठमाडौं । नेपालमा अहिले उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशका पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १ को भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भू-भागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

प्रदेश नं १ को पहाडी भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राती प्रदेश नं १ र प्रदेश नं २ को भू-भागमा आंशिकदेखि सामान्य बदली, बाँकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली तथा अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ महाशाखाले जनाएको छ ।

प्रदेश नं १ र प्रदेश नं २ का भु-भागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्ने आवश्यक सुरक्षा एवं सतर्कता अपनाउनु समेत महाशाखाले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्