Logo
Logo

यस्तो छ आज दिनभरीको मौसम पूर्वानुमान


882
Shares

काठमाडौं । नेपालमा हाल उल्लेखनीय मौसमी प्रणाली छैन । हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

यस्तै राती प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ ।

देशभर चिसो बढ्ने क्रममा रहेकोले चिसोबाट बच्न आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन समेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्