Logo
Logo

५७ जिल्लाका बालबालिकालाई पुस ४ गतेदेखि विद्यालयबाटै खोप


63
Shares

काठमाडौं । देशभरका बालबालिकालाई आउँदो पुस ४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाइने भएको छ । खोप शाखा प्रमुख सागर दाहालका अनुसार उनीहरुलाई विद्यालयबाटै खोप लगाउने तयारी भएको छ ।

५७ जिल्लाका १२ देखि १७ वर्ष उमेर समूहका सबै बालबालिकालाई खोप लगाउने गरी तयारी भइरहेको स्वास्थ्य सेवा विभागले जनाएको छ । ५७ जिल्लामा खोप लगाएपछि बाकि २० जिल्लाका बालबालिकालाई खोप लगाउने सरकारको तयारी छ ।

आइतवारसम्मा मोडर्नाको ३६ लाख डोज खोप जम्मा हुने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आएलगत्तै सबै जिल्लामा पठाइने र पुस ४ गतेदेखि ५७ जिल्लाका बालबालिकालाई खोप लगाउन सुरु हुने खोप शाखा प्रमुख दाहालले जानकारी दिए ।

उनका अनुसार यसअघि फाइजरको खोप दिइएका २० जिल्लामा भने तत्काल मोडर्ना खोप दिइने छैन । यसअघि काठमाण्डौ, ललितपुर, भक्तपुर, मोरङ, सुनसरी, सप्तरी, पर्सा, झापा, धनुषा, चितवन, गोरखा, काभ्रे, कास्की, बाग्लुङ, रुपन्देही, दाङ, बाँके, सुर्खेत, कैलाली र डडेलधुरामा दीर्घ रोगीलाई लगाएर बाँकी रहेको खोप दिइएको थियो । तर त्यो खोप १२ देखि १७ वर्ष उमेरका सबै बालबालिकाले पाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्