Logo
Logo

मेक्सिकोमा ट्रक दुर्घटना, ४९ जना मृत्यु


630
Shares

काठमाडौं । मेक्सिकोमा ट्रक दुर्घटना हुँदा ४९ जनाको मृत्यु भएको छ । सो ट्रकमा ५८ जना गम्भीर घाइते भएका छन् ।

मेक्सिकोको दक्षिणी क्षेत्रमा पर्ने चियापास प्रान्तमा ट्रक पल्टिएको रोयटर्सलाई उदृत गर्दै बीबीसीले जनाएको छ । मृत्यु हुनेमा बालबालिका समेत परेका छन् ।

ट्रकमा धेरैजसो होण्डुरसका आप्रवासी चढेका थिए । गरिबी तथा हिंसा लगायतका कारण धेरैजसो आप्रवासी जोखिम मोलेर मेक्सिकोको बाटो हुँदै अमेरिका प्रवेश गर्ने गरेका छन्।

प्रतिक्रिया दिनुहोस्