काठमाडौं । अटो मोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को अध्यक्षमा ध्रुव थापा निर्वाचित भएका छन् । उनले अर्का प्रतिस्पर्धी करण चौधरीलाई ६६ मतले पछि पार्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् ।
फोर्स मोटरको नेपालमा आधिकारिक विक्रेता तथा हिमालय अर्गनाइजेसनका अध्यक्ष थापाले कुल १४ सय १३ मत ल्याएका थिए । सीजी होल्डिङ्स तथा सीजी मोटोकर्पका कार्यकारी निर्देशक चौधरीले भने १३ सय ४७ मत ल्याए ।
३ हजार २ सय १६ मतदातामध्ये निर्वाचनमा २७ सय ८८ मत खसेको थियो । चौधरीको प्यानबाट कार्यसमपति सदस्यमा मिलनबाबु मल्ल, अनुप कुमार बराल , राजनबाबु श्रेष्ठ , सुरेन्द्रकुमार उप्रेती, सुनिल रिजाल, अभिक ज्योति, प्रकाश कपुरी, बिक्राम सिंघानिया, निलमणी पाठक, बरदान बस्नेत र पंकज अग्रवाल विजयी भएका छन् । थापाको प्यानलबाट निराकर श्रेष्ठ, यमुना श्रेष्ठ, कपिल शिवाकोटी, प्रदिपमान प्रधान र आकाश गोल्छा विजयी भएका छन् ।
‘नारा अनुसार काम गर्नेछु’
उनले आफ्नो नारा अनुसार काम गर्ने बताएका छन् । ‘अब बनाउनु छ नाडा, सबै अटोमोबिल्स व्यवसायीको साझा’ भन्ने नारासहित म निर्वाचनमा होमिएका थिए । यो नारा अनुसार म काम गर्नेछु’, अध्यक्षमा निर्वाचित भएपछि दृष्टि न्युजसँग कुरा गर्दै उनले भने, ‘मलाई मत दिने र सहयोग गर्ने सम्पूर्णलाई विशेष धन्यवाद ।’