Logo
Logo

कांग्रेसको १४औँ महाधिवेशन सुरु


882
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशन काठमाडौंको भृकुटीमण्डमा उद्घाटन समारोह सुरू भएको छ ।

महाधिवेशनमा कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसमेतले सम्बोधन गर्दैछन् ।

राजनीतिक विवादका कारण दूरी बढाएका नेताहरू लामो समयपछि स्टेज सेयर गर्न लागेका हुन् । महाधिवेशनमा विभिन्न देशबाट आएका विदेशी पाहुनाको उपस्थिति रहको छ ।

चार दिनसम्म चल्ने महाधिवेशनले कांग्रेसको नयाँ नेतृत्व चयन गर्नेछ । सभापतिमा संस्थापन पक्षबाट शेरबहादुर देउवाले उम्मेदवारी दिने तयारी गरेका छन् भने संस्थापनइतर समूहको साझा उम्मेदवार तय हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्