काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कामनपा वडा नं ३ पानीपोखरीस्थित कम्पनीको केन्द्रीय कार्यालय भवनको मंसिर २४ गते आज एक कार्यक्रमबीच बिमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले शिलान्यास गरेका छन् ।
शिलान्यास समारोहमा बिमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, कम्पनीका सञ्चालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण सञ्चालक, संस्थापक शेयरधनी, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु, शाखा प्रमुखलगायतको उपस्थिति थियो ।
शिलान्यास समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत बादे श्रेष्ठले आफ्नो व्यस्तताको बाबजुद पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिनु भएकोमा बीमा समितिका अध्यक्ष, सञ्चालक समिति तथा आइजिआइ परिवारको तर्फबाट धन्यवाद व्यक्त गरेका थिए ।