Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

निधिको समूहबाट दुई उम्मेदवारको टुंगो लाग्यो


12.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा अध्यक्षका उम्मेदवार रहेका विमलेन्द्र निधिले आफ्नो प्यानलबाट दुई उम्मेदवार टुंगो लगाएका छन् ।

निधिको उम्मेदवारीलाई समर्थन गर्दै कांग्रेसका पूर्व केन्द्रीय सदस्य डा. राजाराम कार्की र सुदूरपश्चिम प्रदेश सभा सदस्य दिव्येश्वरी शाहले पदाधिकारी पदमा उम्मेदवारी दिने भएका हुन् ।

निधिको प्यालनबाट उम्मेदवारी दिने भए पनि कुन पदमा भन्नेबारे छिट्टै निर्णय गर्ने बताइएको छ । कांग्रेसका पूर्व केन्द्रीय सदस्य रहेका कार्की तरुण दलका पूर्व महामन्त्री पनि हुन् । २०३० सालमा नेविसंघ धादिङको अध्यक्ष रहेका कार्की महाराजगञ्ज मेडिकल क्याम्पसका पूर्व स्ववियू सभापति र इकाई अध्यक्ष पनि हुन् ।

यसैगरी, कैलालीकी शाह २०४७ को मदिरा विरोधी आन्दोलनका अभियान्त हुन् । शाह २०१५ सालको संसदका सदस्य लोकेन्द्र शाहकी छोरी हुन् भने नेपाली कांग्रेस कैलालीका निवर्तमान सभापति नरनारायण शाहका दिदी हुन् । उनी नेपाल महिला संघ कैलालीका संस्थापक अध्यक्षसमेत हुन् ।

प्रतिक्रिया दिनुहोस्