Logo
Logo

धर्म निरपेक्षताप्रति शशांक कोइराला असन्तुष्टि


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले धर्म निरपेक्षताप्रति असन्तुष्टि जनाएका छन् । पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै धर्मनिरपेक्षता शब्द ठीक नभएको बताएका हुन् ।

उनले भने, ‘धर्म निरपेक्षता भन्ने शब्द ठीक होइन । धर्म निरपेक्ष हुँदैन । न धर्म सापेक्ष हुन्छ । धर्म त स्वतन्त्र हुन्छ ।’ उनले पार्टीको महाधिवेशनमा नीति र कार्यक्रमबारे पर्याप्त छलफल हुनुपर्नेमा त्यसो हुन नसकेको पनि बताए ।

कोइरालाले सिद्धान्तको लडाइँ समाप्त भएको बताए। ‘नयाँ संविधान हामीले दियौं, सुशील कोइरालाले दिनुभयो। त्यही संविधानमा अडेर हामी अगाडि बढ्नुपर्छ। संविधानमा केही त्रुटिहरु होलान्। संविधान कुनै लकिरको फकिर हुँदैन। संविधानमा परिवर्तन हुँदै जान्छ,’ उनले भने।

प्रतिक्रिया दिनुहोस्