Logo
Logo

सरकार सही तरिकाले चल्न सकेन : नेता सिटौला


63
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले कांग्रेसभित्र सम्पूर्णतामा एकता खोज्नुपर्ने बताएका छन् ।

पार्टीको १४औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै गएको अधिवेशनबाट अहिलेसम्म आउँदा पार्टीमा उतारचढाव धेरै आएको सिटौला बताए । उनले भने, ‘सम्पूर्ण एकता यस महाधिवेशनबाट हुनुपर्दछ। प्रतिस्पर्धाले विभाजित मानसिकता बढेको छ। त्यसलाई समाधान महाधिवेशनलगत्तै गर्नुपर्छ ।’

स्थानीय तहको निर्वाचन आइसकेको बताउँदै सिटौलाले तीनरचार महिनाभित्रै हुने चुनावका लागि भावनात्मक एकता कार्यकर्तामा हुनुपर्ने बताए । संसद्, सरकार र अदालत सही तरिकाले चल्न नसकेकोप्रति उनले चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्