काठमाडौं । चर्चित पूर्व प्रहरी अधिकारी रमेश खरेल राजनीतिमा लागेका छन् । शुक्रबार उनले नेपाल सुशासन पार्टीको घोषणा गरेका छन् । सुशासनको नारा लिएर उनी राजनीतिमा लागेका हुन् ।
काठमाडौँको अनामनगर स्थित युनियनहाउसमा बसेको नेपाल सुशासन अभियानको केन्द्रिय भेलाले पार्टी गठन गरेको हो । खरेलको अध्यक्षतामा ४९ सदस्सीय केन्द्रिय कार्यसमिति गठन गरेको छ ।
अध्यक्ष रमेशप्रसाद खरेल
उपाध्यक्षहरु
राजकुमार यादव,
चन्द्रविर नेम्बाङ,
टुलराज बस्याल
गोविन्दप्रसाद रिजाल
शंकरलाल श्रेष्ठ
महासचिव
गोविन्द गिरी
सचिव
राजन चौलागाई
पुष्पा खरेल भट्ट
अरुण शर्मा
विनयकुमार झा
यज्ञप्रसाद बस्याल
कोषाध्यक्षः भक्तबहादुर केसी
सहकोषाध्यक्षः मिनकुमार श्रेष्ठ
सदस्यहरू
गणेशप्रसाद घिमिरे, श्रीमती विणादेवी,प्रदिप चौधरी, अनिल पटेल ,वासुदेव तिवारी, शम्भु सुस्केरा, संगिता नेपाल थापा, राजेश श्रेष्ठ, दिपकजंग शाही, रविना कार्की सिवाकोटी,गंगा कुमारी थापा, असली तामाङ, अनिता शर्मा,समिष्ठा श्रेष्ठ,कमला खनाल घिमिरे,सपना पराजुली,सुस्मिता गिरी,सुनिता न्यौपाने,रिता सेन्चुरी, सुमन सुवाल,सविता झा,अब्दुल गफार,दामोदर पनुहर,आरसी यादव,सत्यमान लामा,शितल साह,उद्दव मिश्र, सरोज केसी,कल्याण आचार्य,अमना खातुन,विकास लामा, निर्मला कोइराला,डम्बरबहादुर गिरी,ममता थेवे, भुवन लामिछाने
यस्तो छ उनको पार्टीको प्रतिबद्धताः
राजनीतिक परिवर्तनका विभिन्नकाल खण्डमा नेपालले विभिन्नअवस्थाहरू पार गरिसकेको छ । यसको एउटा बलियो सुरूवात २०४७ सालबाट गणना गर्दा ३१ वर्षको राजनीतिक उमेर पुरा भइसकेको छ । तर ३१ वर्षको राजनीतिक परिवर्तनको उमेरमादेशको राष्ट्रियता, समृद्धी, सुशासन, सार्वजनिक सेवा र राजनीतिक संस्कारले परिपक्वता त हासिल गरेन नै त्यो दिशातर्फ कुनै राजनीतिकदलको इच्छा शक्तिपनि देखिएन । फलस्वरूप देशमा सर्वत्र कमिशनतन्त्र, भ्रष्टाचार, बेथितिमात्रै मौलाइरह्यो । र नेपाली राष्ट्रियता,नेपालीबिचको एकता र भाइचारा नै धरासायी बनिरहेको छ । यस विषयलाई समेत गहनताका साथ लिनुपरेको छ ।
प्राकृतिक,सांस्कृतिक, भौगोलिक, धार्मिक भाषिकरुमा सम्पन्नभएर पनि देशमा केहीनभएको जस्तो लाखौँ युवाहरू परिवार पालनकै लागिविदेशमा बेचिईरहेका छन् । कृषिप्रधान देशकाकिसानहरू नै मलबीउनपाउने र उत्पादन गरेको बालीले बजार नपाएर सडकमा फाल्न बाध्य छन् । तीस वर्षे कुशासनले देशलाई नउक्सिने खाडलमा जाकिदिएको छ । यसबाट माथि उठ्न विद्यमान राजनीतिकदलहरूको चाहना देखिँदैन भने चाहँदापनि सच्याउन सक्ने अवस्थामाकुनै दलहरू छैनन् ।
देशको कुशासनको बिकरालअवस्थालाई सुधार गर्न बिगत २ वर्षदेखि देशमा विद्यमान कुशासनको अन्त्य गरी सुशासन कायमगर्न रमेश प्रसाद खरेलको नेतृत्वमादवाब समुह नेपाल सुशासन अभियाननिर्माण गरी कार्यक्रम सञ्चालनगर्दै आइरहेको विदितै छ । अभियानलिएर देशकाविभिन्न स्थानको भ्रमण गर्ने क्रममा यस अभयानले मात्र बिकराल अवस्थामा रहेको बेथितिको अन्त्य नहुनेहुँदा राजीनीतिको गतिलो बिकल्प बन्नै पर्दछ भन्ने आम नागरिकहरुबाट बुलन्द सुझाव प्रतिक्रिया आएकोले राजनीतिकदल गठन गरी होमिने बाध्यता आइलागेको छ । देशलाई दिशाहिनबनाएर हामीलाई नयाँ राजनीतिकदलदर्ता गर्न बाध्यपार्नुहुने विद्यमानदलहरु धन्यवादका पात्र हुनुहुन्छ ।
इमान्दारी, नैतिकता र सदाचारी राजनीतिको संस्कार निर्माण गर्न सके स्वर्गजस्तो सुन्दर देशमा सुशासनमार्फत समृद्धी हासिलगर्न धेरै वर्ष लाग्दैन भन्ने स्पष्ट बिचारका साथ नेपाल सुशासन अभियानलाई नेपाल सुशासन राजनीतिकदलको रुपमा रूपान्तरण गर्ने निर्णय गरेका छौँ ।
कुशासन, बिकृति र बेथितिको अन्त्य गरी देशमा सुशासन कायम गर्दै, आफू, आफ्ना सन्तति र देशको भविष्यप्रतिको जिम्मेवारी पुरा गरेर नेपाललाई संसारमा एक उन्नत देशका रूपमा रहेको पुरानो परिचयलाई कायम राख्ने, नेपाल र नेपालीलाई समृद्ध बनाउने हो भने टिकाटिका टिप्पणी र निराशा व्यक्तगरिरहेर मात्रै राजनीतिक सुधार सम्भव छैन ।
देशको अस्मिताजोगाउन, आफ्नो वर्तमान र आफ्ना सन्ततिको भविष्यकालागिपनिआम नेपालीले प्रत्यक्षअप्रत्यक्ष सहयोग गर्न र प्रत्यक्ष राजनीतीककर्ममाहोमिनकालागि देशभक्त सबैमाहार्दिक अपिल र अपेक्षागर्दछौँ ।
विद्यमान राजनीतिक दलले प्रत्यक्ष रुपमा अवलम्बन गरेको राजनीतीको व्यापार र व्यावसायिकरणको अन्त्यगर्दै सेवामुलक राजनीतिक संस्कार अवलम्बनगर्ने नेपाल सुशासन पार्टीको मूल उद्देश्य र देशको आवस्यकता रहेको छ । त्यसैले नेपाल सुशासन पार्टी अनुरोध गर्दछ की तपाईहरुको सहयोग हाम्रो शक्तिहो । तपाईले दिएको समर्थ र सहयोगले तपाईलाई सुशासन र विकास दिनेछ भन्नेमा विश्वास दिलाउँछौँ ।