Logo
Logo

त्रासमुक्त शासनको प्रतिबद्धता


630
Shares

काठमाडौं । कांग्रेसको १४ औं महाधिवेशन शुक्रबार राजधानीमा सुरु भएको छ । भृकुटीमण्डपमा आयोजित उद्घाटन समारोहमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले देशमा डर–त्रासमुक्त शासनको निरन्तरताका लागि महाधिवेशनले महत्त्वपूर्ण निर्णय गर्ने बताएका छन् ।

उनले आफू पुनः सभापति निर्वाचित भए यसको ग्यारेन्टी लिने र तीनै तहको निर्वाचनमा पार्टीलाई जिताउने दाबी पनि गरेका छन् ।

देउवाले कुनै पनि तानाशाह नआउने र डर–त्रासमुक्त समाज हुने निर्णय यस महाधिवेशनले गर्ने बताए । ‘ओली सरकार गएर म प्रधानमन्त्री भएको भोलिपल्ट सारा मान्छेले मुक्ति पाएको महसुस गरे, अब हामीले त्यसलाई बचाउने कि नबचाउने ?’ उनले भने । आफूलाई पुनः सभापतिमा जिताउन आग्रह गर्दै उनले यही सरकारले स्थानीय तह र संसद्को निर्वाचन गराउने पनि उल्लेख गरे ।

कांग्रेसलाई महाधिवेशनको शुभकामना दिने क्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रको रक्षा र संवर्द्धनका लागि कांग्रेससँग सहकार्य गर्ने बताए । एमालेबाट विभाजित भएर बनेको एकीकृत समाजवादीलगायत सत्ता साझेदार दलको चाहिँ उनले चर्को आलोचना गरे ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्