Logo
Logo

देउवा-सिटौला मिले, अर्को पक्षलाई दबाब


2.8k
Shares

काठमाडौं । कांग्रेस सभापतिका प्रत्याशी शेरबहादुर देउवाले विजय सुनिश्चित गर्न तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलासँग समीकरणको बाटो लिएका छन् । प्रतिस्पर्धी समूह भने साझा उम्मेदवार तय गर्न संघर्षरत छ । महामन्त्रीमा युवा नेता प्रदीप पौडेललाई उठाउने गरी देउवासँग सहमति भएको जानकारी सिटौलाले आफ्ना नेताहरूलाई दिएका छन् ।

शुक्रबार महाधिवेशन उद्घाटनपछि साँझ बन्दसत्र चलिरहेकै बेला एउटा कुनामा आफ्नो समूहका नेताहरूलाई बोलाएर उनले खानेपानीमन्त्रीसमेत रहेका उमाकान्त चौधरीलाई पनि थारू कोटाबाट सहमहामन्त्रीको उम्मेदवार बनाउन देउवा तयार भएको जानकारी दिएका थिए ।

‘शेरबहादुरजीसँग बिहान (शुक्रबार) भएको छलफलमा प्रदीपलाई महामन्त्री र उमाकान्तलाई सहमहामन्त्रीको उम्मेदवार बनाउने सहमति भएको छ, सदस्यको विषयमा छलफल चलिरहेको छ’ सिटौलाको भनाइ उद्धृत गर्दै नेविसंघ महामन्त्री बलदेव तिमिल्सिनाले भने ।

सिटौलाको दाबीमा देउवा अडिग रहे महामन्त्रीमा गगन थापा र प्रदीप पौडेलबीच पनि प्रतिस्पर्धा हुनेछ, यद्यपि कांग्रेसमा दुई महामन्त्रीको व्यवस्था छ । महामन्त्रीमा संस्थापनबाट प्रकाशशरण महत, बालकृष्ण खाँणको दाबी छ भने इतरसमूहबाट मीनेन्द्र रिजालको सम्भावना छ । त्यस्तै देउवानिकट एनपी साउदले पनि उपसभापति वा महामन्त्रीमध्ये एकमा उम्मेदवारी दिने तयारी गरेका छन् ।, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्