Logo
Logo

मानबहादुर विश्वकर्माद्धारा सहमहामन्त्रीमा उम्मेदवारी दर्ता


819
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा मानबहादुर विश्वकर्माले सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

सभापति शेरबहादुर देउवाको निर्देशनमा आफूले समावेशी दलिततर्फबाट सहमहामन्त्री पदमा उम्मेदवारी दर्ता गराएको विश्वकर्माले बताए ।

‘मैले हिजो बिहान सभापति ज्यूसँग भेटेको थिए । उहाँको अदेश अनुसार नै मैले उम्मेदवारी दर्ता गराएको हुँ’ विश्वकर्माले भने ।

दुई दशकदेखि कांग्रेस केन्द्रीय सदस्य रहेका विश्वकर्मा कांग्रेसको ११औं, १२औं र १३ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्य हुन् । त्यस्तै उनी पार्टीको भ्रातृ संगठन नेपाल दलित संघका संस्थापक अध्यक्षसमेत हुन् ।

दुईपटक सांसद तथा पूर्ववातावरण, विज्ञान तथा प्रविधि सहायकमन्त्रीसमेत रहेका विश्वकर्मा पार्टीको नीति तथा प्रशिक्षण विभागको पूर्वप्रमुख पनि हुन् ।
त्यस्तै कांग्रेसको विधान समिति र संसदीय समितिमा समेत रहिसकेका विश्वकर्मा पूर्णकालीन राजनीतिमा प्रवेश गर्नुअघि त्रिभुवन विश्वविद्यालयमा दुई दशकसम्म प्राध्यापन गरेका थिए ।

लामो समयसम्म अमृत साइन्स क्याम्पसमा प्राध्यापन गरेका विश्वकर्मा मन्त्री हुँदा पनि प्राध्यापनलाई निरन्तरता दिई चर्चामा आएका थिए । काठमाडौं विश्वविद्यालयको स्थापना गर्न भूमिका खेलेका विश्वकर्मा नेपाल परिवार नियोजन संघको महासचिवसमेत रहेका थिए ।

यता युवा नेता कल्याण गुरुङले सभापति पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्