Logo
Logo

प्रकाशमान र सुजाताको उम्मेदवारी दर्ता


1.4k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशन अन्तर्गत चुनावका लागि प्रकाशमान सिंहले सभापतिमा र सुजाता कोइरालाले उपसभापति पदमा उम्मेदवारी दर्ता गरेका छन् ।

शनिबार दिउँसो उनीहरूले आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । पौडेल पक्षबाट सभापतिको साझा उम्मेदवार छनोटमा सहमति नजुटेपछि नेता सिंहले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका थिए ।

नेता सिंहले यसअघि नै आफ्नो उम्मेदवारी घोषणा गरेका थिए । उम्मेदवारी दर्तापछि सिंह र कोइरालाले प्रतिनिधि तथा कार्यकर्ताहरूसँग आफ्नो पक्षमा मतदान गर्न आग्रह गरिरहेका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माले सिंहको प्यानलबाट महामन्त्रीमा उम्मेदवारी दर्ता गराउने भएका छन् । यसअघि नै महामन्त्रीमा उम्मेदवारी घोषण गरेका प्रवक्ता विश्वप्रकाश शर्माले अन्तिममा सिंहको प्यानलबाट महामन्त्रीमा दिने भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्