Logo
Logo

शेखर कोइराला समूहद्वारा उम्मेदवारी दर्ता, महामन्त्रीमा गगन र मिनेन्द्र


5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा शेखर कोइरालाको नेतृत्वको टीमले उम्मेदवारी दर्ता गरेको छ ।

सभापतिमा शेखर कोइराला, उपसभापतिमा धनराज गुरुङ र चन्द्र भण्डारी, महामन्त्रीमा डा मिनेन्द्र रिजाल र गगन थापाले उम्मेदवारी दर्ता गरेका हुन् ।

सहमहामन्त्रीको उम्मेदवारमा खस आर्यबाट देवराज चालिसे, पिछडिएको क्षेत्रबाट बद्री पाण्डे, दलितबाट जीवन परियार, महिलाबाट कमला पन्त, जनजातिबाट विकास लामा, मधेसीबाट रामकृष्ण यादव र थारुबाट तेजुलाल चौधरी र अल्पसंख्यबाट वकिल मियाँ उम्मेदवार बनेका छन् ।

प्रतिक्रिया दिनुहोस्