Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

प्रकाशमान समूहको महामन्त्रीमा विश्वप्रकाश, गराए उम्मेदवारी दर्ता


1.8k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा विश्वप्रकाश शर्माले अन्ततः प्रकाशमान सिंह समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

संस्थापन समुहबाट विद्रोह गरेका महामन्त्रीका आकांक्षी विश्वप्रकाश शर्माले अन्ततः प्रकाशमान सिंह समुह रोजेका छन् । उनले अन्तिम समयमा प्रकाशमान सिंह समुहबाट महामन्त्रीमा उम्मेदवारी दिएका छन् ।

देउवा समूहबाट विद्रोह गरेपछि उनलाई शेखर कोइराला समुहबाट महामन्त्रीमा उठाउने प्रयास गरिएको थियो । तर मिनेन्द्र रिजालले महामन्त्रीमा अडान नछाडेपछि उनी उक्त समुहबाट बाहिरिएका थिए ।

प्रकाशमान सिंह समुहबाट उपसभापतिमा सुजाता कोइराला र महामन्त्रीमा शर्माले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्