Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

महामन्त्री शशांकले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराए


3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा डा. शशांक कोइरालाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका छन् ।

उनी हाल कांग्रेसका महामन्त्री हुन् । सभापतिमा उम्मेदवारी दर्ता गराउँने उनको चाहना भए पनि संस्थापन इतर समुहले शेखर कोइरालालाई आधिकारिक उम्मेदवार बनाए पछि उनी केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका हुन् ।

कोइरालाले आफ्ना स्वकीय सचिव भरत तिवारीको वारेसनामामार्फत केन्द्रीय सदस्य पदमा उम्मेदवारी दर्ता गराएका हुन् । यस अघि सभापति शेरबहादुर देउवाले आफ्नो समुहबाट उपसभापतिमा उम्मेदवारी दर्ता गर्न गरेको प्रस्ताव शशांकले अस्वीकार गरेका हुन् ।

यसैबीच डा शेखर कोइरालाले समुह बनाउँदा आफूसँग कुनै सल्लाह नगरेको भन्दै शशांकले असन्तुष्टी पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्