Logo
Logo
कांग्रेसको १४औं महाधिवेशन

देउवाद्वारा सभापतिमा उम्मेदवारी दर्ता, महामन्त्रीमा प्रकाशशरण र प्रदीप


882
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति अर्को कार्यकालका लागि सभापतिमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रधानमन्त्री समेत रहेका देउवा समुहबाट उपसभापतिमा विजयकुमार गच्छदार र पूर्णबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन् । देउवाले सभापतिमा उम्मेदवारी दर्ता गराउँदा समर्थकमा बालकृष्ण खाँण र प्रस्तावकमा कृष्ण सिटौला रहेका छन् ।

यस्तै महामन्त्रीमा प्रकाशशरण महत र प्रदीप पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । यसैगरी देउवा समुहबाट सहमहामन्त्रीमा जनजातीबाट भीष्मराज आङ्देम्बे, दलितबाट मानबहादुर विश्वकर्मा, मधेसीबाट महेन्द्र यादव, खस आर्यबाट किशोर सिंह राठौर, थारुबाट उमाकान्त चौधरी, मुस्लिमबाट फर्मुल्लाह मन्सुरले उम्मेदवारी दर्ता गराएका छन् ।

यसैगरी पिछडिएको क्षेत्रबाट जीवन शाही र महिलाबाट डिना उपाध्यायले सहमहामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् ।

प्रतिक्रिया दिनुहोस्