Logo
Logo

दुई महामन्त्री पदका लागि ६ जनाको उम्मेदवारी


4.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा महामन्त्री पदमा ६ जनाले उम्मेदवारी दिएका छन् ।

महामन्त्रीमा मिनेन्द्र रिजाल, गगन थापा, विश्वप्रकाश शर्मा, प्रकाशशरण महत, राजाराम कार्की र प्रदिप पौडेलले शनिबार उम्मेदवारी दर्ता गराएका हुन् ।

प्रकाशशरणले शेरबहादुर देउवाले सभापतिको ममूहबाट उम्मेदवारी दिएका हुन् भने प्रदिपले कृष्णप्रसाद सिटौला समूहबाट उम्मेदवारी दिएका हुन् ।

संस्थापनइतर पक्षबाट दुई जनाले सभापतिमा उम्मेदवारी दिँदा तीन जनाले महामन्त्रीमा उम्मेदवारी दर्ता गराएका छन् । शेखर कोइराला मूहबाट गगन र मिनेन्द्रले उम्मेदवारी दर्ता गराएका हुन् । त्यस्तै संस्थापनइतर प्रकाशमान सिंहको समूहबाट विश्वप्रकाश शर्माले उम्मेदवारी दिएका हुन् ।

दुवै महामन्त्री निर्वाचित हुनुपर्ने छ । पछिल्लो पटक संशोधन गरिएको विधानमा सभापतिसहित १४ पदाधिकारीको व्यवस्था छ । जसमा दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र कोषाध्यक्ष हुनेछन् । कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचित हुनुपर्ने व्यवस्था कांग्रेसको विधानमा छ । यो व्यवस्था यसै महाधिवेशनबाट कार्यान्वयनमा आउन लागेको हो ।

प्रतिक्रिया दिनुहोस्